२९ आश्विन २०८३, बिहिबार

परिवारसहित फेरि आउने वाचा गर्दै फर्किए बलिउड बादशाह शाहरुख खान (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sharuka khan3

काठमाडौं । बलिउडका वादशाह ‘किङ्ग खान’ उपनामले परिचित सुपरस्टार शाहरुख खान स्वदेश फर्किनुभएको छ ।

कन्साई न्यारोल्याक पेन्ट्सको ब्रान्ड राजदूतका रुपमा बजार प्रबद्र्धनका लागि आउनुभएका खानले पेन्ट्सको विज्ञापनमै बढी समय खर्च गर्दै भन्नुभयो “सुन्दर देश नेपालको स्वच्छ वातावरणको सन्देश विश्वमा पुर्‍याउन म यहाँ आएको हुँ ।”

उहाँ हिजो राति १० बजे आफ्नै विमानबाट स्वदेश फर्किनुभएको हो । शाहरुखले परिवारसहित फेरि नेपाल आउने वाचा पनि गर्नुभएको छ ।

हिजो राति १० मिनेट पत्रकार सम्मेलनमा देखिएका शाहरुखले कन्साई न्यारोल्याक पेन्ट्सको कार्यक्रममा विजेतालाई सम्मान समेत गर्नुभएको थियो ।

साहरुखले नेरोल्याक पेन्टसको दिगो विकास अभियान अन्तर्गतको वातावरण मैत्री फेसबुक पेज ‘यू–क्यान’ को पनि उद्घाटन गर्नुभएको थियो ।

shaharukh-khanसाहरुखले पछिल्लो पाँच वर्षदेखि आफू नेरोल्याकसँग आवद्द रहिरहेको बताउँदै यसको वातावरण मैत्री अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

हिजो दिउँसो भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका शाहरुख कार्य व्यवस्तताले राति नै मुम्बई फर्किनुभएको हो ।

shrukh2

sharuka khan1 sharuka khan sharuka khan43