३ कार्तिक २०८३, मंगलबार

आयोडिन नुन खपतमा कमी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nunसोलुखुम्बु, २६ फागुन । सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यो वर्ष नेपाल सरकारबाट अनुदान प्राप्त आयोडिन नुन खपतमा कमी आएको छ ।

भौगोलिक विकटताका कारण जिल्लाका कतिपय गाविसमा नुन ढुवानी गर्न नसक्नुले खपतमा कमी आएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय सोलुखुम्बुमा रहेको जम्मा ९६६ क्विन्टल नुनमध्ये हालसम्म १८४ क्विन्टल मात्र बिक्री–वितरण भएको कर्पोरेसन डिपो कार्यालयका प्रमुख श्याम शाहले जानकारी दिनुभयो ।

तीस गाविस तथा एक नगरपालिका रहेको सोलुखुम्बुमा दूधकुण्ड नगरपालिकाबाहेक अरू गाविसमा नुन खपत हुन नसकेको प्रमुख शाहको भनाइ छ ।

प्रतिघरधुरी चार पान कोटा निर्धारण गरिएको भए पनि दुर्गम गाविसका सर्वसाधारण आयोडिन नुन उपयोग गर्नबाट वञ्चित भएका छन् ।