१ कार्तिक २०८३, आइतबार

नेत्रविक्रमको गाडी बैद्यको कार्यालयमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplavकाठमाडौं, २६ फागुन । सामान्यतया कुनै पार्टी विभाजित हुदाँ विभाजित पार्टीका दुबै पक्षका नेता कार्यकर्ताका बीचमा आरोप, प्रत्यारोप चल्ने, असहिष्णु गतिविधि हुनेजस्ता कुरालाई अन्यथा लिन सकिँदैन ।

तर, नेकपा माओवादीबाट सम्बन्ध बिच्छेद गरी अलग पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवको सन्दर्भमा यो अपवाद हुन पुगेको छ ।

अलग पार्टी घोषणा गरे लगत्तै मोहन वैद्य माओवादीसँग पार्टीका सम्पत्तिमा हकदाबी नगर्ने निर्णय गरेका चन्दले आफ्नो गाडी पार्किङस्थल वैद्य माओवादीको हेडक्वाटरलाई बनाएको राजधानी दैनिकले छापेको छ ।

चन्दले आफ्ना सहयोगीमाफैत आफूले प्रयोग गर्दे आएको बा ९ च ७४२६ नम्बरको गाडी बुद्धनगरस्थित वैद्य हेडक्वाटरमा पार्किङ गर्न पठाउन थालेका छन् ।