१ कार्तिक २०८३, आइतबार

डिस्कोमा प्रहरी कुट्नेविरुद्ध मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhimbahadur_Ran_Policeकाठमाडौं, २६ फागुन । पर्यटकीय केन्द्र लेकसाइडको ओजन डिस्कोमा शुक्रबार भएको झगडाका क्रममा प्रहरी कुट्ने व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगसम्वन्धी मुद्दा दर्ता भएको छ।

झगडा गरिरहेकालाई छुट्याउन गएका प्रहरीमध्ये जवान भीमबहादुर रानामाथि प्रहार गरेको अभियोगमा पोखरा १५ का २७ वर्षे किरण गुरुङ, पोखरा १७ बस्ने प्रशान्त गुरुङ र ठेगाना थाहा नभएका अनील गुरुङविरुद्ध मुद्दा दर्ता गरिएको कास्की प्रहरीले जनाएको नागरिक दैनिकले छापेको छ।

त्यसैगरी डान्स क्लब संचालक महेन्द्र गुरुङसहित दिलबहादुर गुरुङ, बार म्यानेजर हरि अधिकारी, राजु गुरुङ, शिशीर भुजेल, बालकृष्ण राना, गोपी गुरुङ, सोम गुरुङ, तुलबहादुर थापा, जीवन वली, रविन गुरुङ, सुशील गुरुङ, अर्जुन गुरुङविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको कास्कीका डिएसपी केदार रजौरेले जानकारी दिए।