महेन्द्रनगर, २५ फागुन । मानसिक सन्तुलन गुमाएकी किशोरीलाई फकाएर एक पुरुषले बलात्कार गरेका छन् ।
कञ्चनपुरको दैजी वडा नम्वर ४ वगुनकी १८ वर्षीय मानसिक सन्तुलन गुमाएकी किशोरीलाई आइतवार वेलुका फकाएर छिमेकी दिपेन्द्र भट्टले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
वेलुकाको समयमा किशोरी एक्लै भएको अवस्था दिपेन्द्रले फकाएर चकलेट दिन्छु भन्दै बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अभिनारायण काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अभियुक्त दिपेन्द्रलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पारिवारिक घराना भएका दिपेन्द्रको श्रीमती सहित १ छोरा पनि छ ।
बलात्कृत किशोरीलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ । किशोरीको स्वास्थ्य परीक्षणपछि मात्रै थप कारवाही प्रक्रिया अगाडी बढाईने डिएसपी काफ्लेको भनाई छ ।















प्रतिक्रिया