३ कार्तिक २०८३, मंगलबार

मानव बेचविखनविरुद्ध कञ्चनपुरमा सचेतना अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Human-traffikcing1– सरोज धामी
महेन्द्रनगर, २५ फागुन । मानव बेचविखन तथा ओसार पसार नियन्त्रण गर्न कञ्चनपुरमा अभियान स्वरुप सचेतना कार्यक्रम सुरु गरिएको छ ।

महिला तथा बालबालिका मन्त्रालयको परिपत्र अनुसार मानव बेचविखन न्युनिकरण गर्न हरेक गाविस तथा जिल्लामा समिति गठन गरेर काम भइरहेको छ ।

जिल्ला स्तरीय समितिमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति तथा गाविस स्तरीय समितिमा गाविस सचिवको संयोजकत्वमा समिति गठन गरी मानव बेचविखन तथा ओसार पसार नियन्त्रणको काम भइरहेको छ ।

यसैविच सुडा गाविस र दैजी गाविस स्तरिय समितिका पदाधिकारीहरुलाई कानूनी सहयोग तथा परामर्श केन्द्र ल्याकले सोमवार देखि दुई दिने सचेतना तथा क्षमता अभिबृद्धि कार्यक्रम शुरु भएको छ ।

विगतमा कंचनपुरमा जिल्लामा साथी संस्थाले जिल्लाका सबै गाविसमा छुट्टा छुट्टै सुरक्षित बसाइ सराई तथा बैदेशिक रोजगारी सम्बन्धीका संजालहरु गठन गरि मानव बेचविखनको काम गर्दै आएकोमा यस वर्षदेखि यो कामलाई अझ प्रभावकारी बनाउन गाविस स्तरिय तथा जिल्ला स्तरिय समिति गठन गरिएका हुन ।

समितिका सदस्यहरुलाई ग्रामिण क्षेत्रमा हुन सक्ने मानव बेचविखनका घटनाहरुलाई न्युनिकरण गर्न तालिम पछि सजिलो हुने ल्याक कंचनपुरकी कार्यक्रम संयोजक तथा अधिवक्ता पुनम चन्दले बताउनु भएको छ । तालिममा रेखा तुलाचन, सिङ सिटौला, अधिवक्ता पुनम चन्द र अधिवक्ता उद्धवराज भट्टले सहजीकरण गरिरहनु भएको छ ।

यसैगरी कार्यक्रममा बोल्दै महिला तथा बाल बालिका कार्यालय कंचनपुरकी अधिकृत अनिता बुढाऐरले मानव बेचविखन न्युनिकरणका लागि सबै संघ संस्था तथा सबै ब्यक्तिहरुले आ आफ्नो तहबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मानव बेचविखनका कारण तथा रोकथामका बारेमा रेखा तुलाचनले सहजीकरण गर्नुभएको थियो भने यस सम्बन्धि बनेका कानुनहरुका बारेमा अधिवक्ता उद्धवराज भट्टले प्रस्ट पार्नु भएको थियो । 

कार्यक्रममा सुडा र दैजी गाविसका समितिका २० जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिम मंगलवार सम्म चल्ने जनाइएको छ ।