३ कार्तिक २०८३, मंगलबार

बिहेको कुरा चलेपछि नारी दिवसमै गरिन् युवतीले आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucide

नरी बडु

बैतडी, २५ फागुन । घर परिवारले बिहेका लागि कुराकानी अगाडि बढाएपछि बैतडीमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन । संयोग नै मान्नुपर्छ, उनले नारी दिवसकै दिन आत्महत्या गरेकी छिन् ।

बैतडीको दशरथ चन्द नगरपालिका १ भम्कका लालवहादूर ठगुन्नाकी १८ बर्षीया छोरी दीपा ठगुन्नाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आइतबार बेलुकी सुतेकी दीपा सोमबार बिहान साँढे ११ वजे घर भित्रै झुण्डिएको अवस्थामा देखेपछि मृतकका काका अमृत ठगुन्नाले प्रहरीलाई खबर गरेका थिए । गएराति खाना खाई सुतेकी उनले ढोका नखोलेपछि आफन्तहरु ढोका फुटाएर भित्र पसेका थिए । तर, उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको बताइएको छ । परिवारमा बिहेको चर्चा भइरहेका कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।