३ कार्तिक २०८३, मंगलबार

गुम्बाभित्रै जुवा खेल्ने ३० जना १२ लाख नगदसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राजधानीको स्वयम्भु स्थित मुस्ताङ्ग गुम्बाबाट जुवा खेल्दै गरेका ३० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाबाट खटिएको टोटीले गोप्य सूचनाका आधारमा छापा मारी गुम्बाभित्र जुवा खेल्दै गरेका ३० जना युवायुवतीलाई पक्राउ गरेको हो ।

प्रहरीले गुम्बामा छापा मारी १२ लाख १२ हजार ३७० नगद र जावाका सामाग्रीसहित ६ जना महिलासहित ३० जनालाई गैरकानुनी रुपमा सार्वजनिक ठाउँमा जुवा खेलेर क्यासिनो बनाएको भन्दै रंगेहात पक्राउ गरेको हो ।

प्रहरी टोलीले पक्राउ परेका जुवाडीहरुलाई जुवा ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाएको छ ।