३ कार्तिक २०८३, मंगलबार

सुन तस्करीमा संलग्न व्यापारीक गिरोह पक्राउ, ७ किलो सुन बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sun-taskar1

काठमाडौं, २५ फागुन । सुन तस्करीमा संलग्न व्यापारीक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार पक्राउ परेको गिरोहलाई सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका सुन तस्कर गिरोहका नाईके सुन व्यवसायी नै छन् । जसमा भरिया पनि छन् ।

प्रहरीले लामो खोजी गरेपछि तस्करीमा संलग्न काठमाडौंका २ जना सुन पसले सहित सुन तस्कर गिरोह पक्राउ परेको हो ।

प्रहरीले तस्कर गिरोहबाट तस्करी गरेर ल्याइएको ७ किलो ५९ ग्राम सुन समेत बरामद गरेको छ ।
यस्तै, प्रहरीले १४ जनाको गिरोहमा सुन व्यवसायी आकाशकुमार बज्राचार्य र बिक्की भन्ने बालकृष्ण अग्रवाल सहित ९ जनालाई पनि पक्राउ गरेको छ ।

१४ जना गिरोहका ५ जना फरार छन् । प्रहरीले फरार अभियुक्तको खोजी गरिरहेको जनाएको छ ।