२९ आश्विन २०८३, बिहिबार

बलिउड अभिनेता साहरुख खान काठमाडौंमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shahrukh-khan

काठमाडौं, २५ फागुन । बलिउडका किङ्ग वादशाह अभिनेता शाहरुख खान काठमाडौं आइपुगेका छन् ।

अभिनेता शाहरुख आफ्‍नो निजी विमानबाट सोमबार अपरान्ह ३‍.३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

न्यारोल्यक पेन्टस्‌को कार्यक्रममा सहभागी हुन अभिनेता शाहरुख नेपाल आएका हुन् । काठमाडौं ओर्लिएपछि शाहरुखले ट्वीट गरेका छन् । ट्वीटमा लेखेका छन्–‘म केही वर्षअघि नेपाल आएको र अहिले आउँदा सुदख अनुभूति पाएको छु ।’

शाहरुखले न्यारोल्यक पेन्ट्सका बिजेता र न्यारोल्याक विग आइकनका बिजेतालाई बधाईसहित पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम छ ।

अहिले शाहरुख त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ह्यात होटलतिर लागेका छन् । शाहरुख आज काठमाडौंमा बस्ने आयोजकले जनाएको छ ।