३ कार्तिक २०८३, मंगलबार

बिषादी मिसाइएको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु, ७ गम्भीर विरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । धादिङमा बिषादी मिसाइएको रोटी खाँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । परिवारका ७ जना गम्भीर विरामी परेका छन् ।

धादिङको पीडा ८ तुकुनमा विषादी मिलाइएको गहुँ पिसेर रोटी खाँएर विरामी भएपछि उपचारका लागि अस्पतालमा लैजादै गर्दा ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विषादी रोटी खाएर ६० वर्षीय सन्तबहादुर तामाङ, उनकी बुहारी २५ वर्षीया फुलमाया तामाङ, ७ वर्षीया सुमित्रा तामाङ, ५ वर्षीय रमेश तामाङ र साढे २ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको छ । मृतक एक पुरुषको नाम खुल्न सकेको छैन् ।

आइतबार साँझ बीउ राखेको गहुँ पिसेर खाएपछि उक्त घटना भएको हो । धादिङ प्रहरी प्रमुख डिएसपी प्रकाश मल्लका अनुसार विषाक्त रोटी खाँदा अरु ७ जना गम्भीर विरामी परेका छन् ।

पीडा गाविस ८ बस्ने ८ वर्षीय पूर्णबहादुर तामाङ, ३५ वर्षीय टेकबहादुर तामाङ र १९ वर्षीय बुद्धसिंह तामाङ विरामी परेका छन् । यसैगरी ३१ वर्षीया सम्झना तामाङ, ६० वर्षीया फुलमाया तामाङ, १५ वर्षीया ठूलीमाया तामाङ र ९ वर्षीया बुद्धलक्ष्मी तामाङ पनि विरामी परेको डिएसपी मल्ले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि राजधानीका अस्पतालमा रिफर गरिएको उहाँले बताउनुभयो ।