२९ आश्विन २०८३, बिहिबार

हिरोइन सुमिनाको सिउँदो रंगाउने भाग्यमानी को ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sumina-ghimire

काठमाडौं। नेपाली रजतपटकी चल्तीकी नायिका सुमिना घिमिरे आज वैवाहिक बन्धनमा बाधिएकी छिन् ।

सुमिनाले प्रेमी रोशन सापकोटासंग विहे गरेकी हुन् । सुमिनालाई अर्धाङ्गिनीका रुपमा भित्र्याउने रोशन काठमाडौं कोटेश्वर निवासी हुन् । रोशन पेशाले पाइलट हुन् ।

लगन र मेहनती रोशनले घरपरिवारसँगै सरसल्लाह गरेर सुमिनासँग मागी विहे गरेका हुन् । पारिवारिक स्रोतका अनुसार रोशनले नै सुमिनासँगको विहेका लागि प्रस्ताव पठाएका थिए ।

छोटो समयको चिनजान र मित्रतापछि सुमिनाको सौन्दर्यप्रति लठ्ठीएका रोशनले दुलही बनाएर भित्र्याएका छन् । सुमिनाको सिउँदोमा रोशनले नयाँ बानेश्वरस्थित ब्याङ्केटमा आज दिउँसो सिन्दुर हालेका हुन् । सुमिनाले फिल्मकर्मीलाई विवाह समारोहमा डाकिनन् । बिहे समारोहमा आफन्तसहित उनका निकट मानिने साथीहरू मात्र उपस्थित भए ।

अबदेखि सुमिना जिन्दगीभरका लागि रोशनकी घरवाली बनेकी छिन् । रङ्बैजनी, नाइ नभन्नु ल– ३, भीमदत्त, दुलहीलगायत दजर्नौ फिल्ममा अभिनय गरेकी सुमिना घिमिरेलाई दर्शकले खुब मन पराउँछन् ।

सुन्दर जिउडाल र रुपकी सुमिनालाई विहे गरेपछि बधाइ पनि आउन थालेका छन् ।