३ कार्तिक २०८३, मंगलबार

यी हुन् स्वास्नीको हत्या गरेर प्रहरीमा उजुरी दिने लोग्ने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wangdelकाठमाडौं, २५ फागुन । राजधानीमा अनौठो घटना सार्वजनिक भएको छ । आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गर्ने श्रीमानले कानुनी कारवाहीबाट बच्न आफैले प्रहरीमा उजुरी दिएका छन् ।

उनले श्रीमतीको हत्या गरिएको भन्दै अनुसन्धानका लागि आफैले प्रहरीलाई बोलाएका थिए । फलाम काट्ने ठुलो ब्लेडले घाँटी रेटेर उनले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको बोल्देफेदिचे घर भएका ३५ वर्षिय वाङदेल लामाले ओछ्यानमै सुतिरहेका बेला सिरकले छापेर ह्याक्सो ब्लेडले श्रीमती सानो कान्छी तामाङको घाटी रेटेर हत्या गरेका थिए ।

अभियुक्त वाङदेललाई महानगरीय प्रहरी अपराध महाशाखा हनुमान ढोकाले पक्राउ गरेको छ । ती व्यक्तीले होलीको दिन बेलुका श्रीमतीको हत्या गरेका थिए ।

टुकुचा बस्दै आएका उनले हत्यापछि बिष्णुमती खोलामा लगेर श्रीमतीलाई फालेका थिए । लाश फालेर आएपछि श्रीमती हराएको भन्दै घरमा अन्य व्यक्तिलाई खबर गरेका थिए ।

श्रीमतीको हत्या गरेपछि शव खोलामा भेटिएको भन्दै आफैंले आफ्नो श्रीमतीको हत्या भएको र अनुसन्धान गरिदिन भन्दै खबर गरेका थिए ।

dead-womenप्रहरीले शंका नगरोस् भनेर उनले त्यसरी शंका गरेका थिए । प्रहरीका अनुसार श्रीमतीसँग उनको बारम्बार झगडा भइरहने र बिहिबार पनि झगडा भएकाले उनले हत्या गरेका हुन् ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी परीसर पठाइएको छ । उनलाई कर्तव्य ज्यान मार्ने अभियोग अन्तर्गत कम्पतीमा पनि १५ वर्ष जेल सजाय हुने प्रहरीले जनाएको छ ।