काठमाडौ, २५ फागुन । एसिड आक्रमणबाट सख्त घाइते भएकी संगीता मगरले चैत पहिलो साताबाट सुरु हुने एसएलसी परीक्षामा सहभागी हुने इच्छा प्रकट गरेकी छन् ।
त्यसका लागि अस्पतालमै परीक्षा दिने व्यवस्था मिलाइदिन उनका परिवारजनले आग्रह गरेका छन् । दुई सातादेखि मगरको काठमाडौंको केएमसी शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । कान्तिपुरमा समाचार छ ।
‘निको नभए पनि छोरीले जाँच दिन चाहेकी छन्,’ संगीताकी आमा चमेली मगरले भनिन्, ‘डिस्चार्ज नभएमा अस्पतालमै परीक्षा दिने वातावरण मिलाइदिन मेरो आग्रह छ ।’
चिकित्सकले परिवारजनबाहेक अरू कसैलाई पनि संगीतालाई भेट्न दिने गरेको छैन । संगीता शान्ति निकुञ्ज मावि वसन्तपुरमा कक्षा दसमा अध्ययनरत छिन् ।
गणित र विज्ञानको ट्युसन पढ्न गएका बेला ६ बजेको कक्षामा उनीमाथि एसिड प्रहार भएको थियो । उनको आँखा, नाक, दायाँबायाँ हाताका छाला, छाती एसिडले जलेको छ ।
















प्रतिक्रिया