काठमाडौं, २५ फागुन । नेपाली मुलकी जमुना गुरुङ यसबर्ष अष्ट्रेलियाको आठौं धनी महिला बनेकी छिन् ।
अष्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिभ्यु विक्लीले आइतबार विश्व महिला दिवसको अवसर पारेर अष्ट्रेलियाका ३० सेल्फ मेडु धनी महिलाहरुको सूचि सार्वजनिक गरेको हो ।
जुन सूचिको आठौं स्थानमा जमुना छिन् । पत्रिकाले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी व्यक्तिहरुको सुची सार्वजनिक गर्दै आएको छ ।
गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेकी श्रीमती रहेकी जमुना कुल १ सय ५ मिलियन डलर सहित गतबर्ष ११औं धनी महिला बनेकी थिईन् ।
यसबर्ष उनको सम्पती १ सय ५१ प्रतिशतले बृद्धि हुँदै २ सय ६४ मिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ ।
पत्रिकाका अनुसार अष्ट्रेलियामा रहेर आफ्नै संघर्षमार्फत सम्पत्ति आर्जन गर्न सफल तीस महिलाको सूचि सार्वजनिक गरिएको हो ।
यस सूचिमा आफ्नो पुर्खाको सम्पतीबाट थप सम्पत्ति आर्जन गर्ने महिलाहरुलाई नसमेटिएको जनाइएको छ ।
जमुना अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, रियल स्टेट ब्यवसाय, नेपालमा निर्माणाधिन होटल व्यवसाय लगायतका ब्यवसायमा आबद्ध छिन् ।
श्रीमान शेष घलेको सहयोगमा उनले देश विदेशमा विभिन्न व्यवसाय पनि समहाल्दै आएकी छिन् ।
















प्रतिक्रिया