काठमाडौ, २५ फागुन । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच जेठ १५ मा संविधान जारी गर्ने गरी प्रमुख दलबीच वार्ता अघि बढाउन कुराकानी भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको कुराकानी सहमतिका लागि छलफल तीब्र पार्ने समझदारी भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
प्रमुख दलबीच औपचारिक वार्ता भएको अर्कोदिन दुई नेताबीच करिब एकघण्टा भएको कुराकानी सहमतिका लागि वातावरण बनाउने र सहमतिमा केन्द्रीत भएको थियो ।
दुई नेताबीच प्रमुख दलका शिर्ष नेताबीच छुट्टाछुट्टै छलफल गरी सहमतिको प्रयास गर्ने कुरा भएको छ ।
छलफलमा सहभागी कांग्रेस नेता एबं वन मन्त्री महेश आचार्यले बिश्वासको वातावरण बनाउने बिषयमा दुई नेताबीच छलफल भएको जानकारी दिनुभयो ।















प्रतिक्रिया