३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय विमानस्थल रातभर खुला, तीस उडान र अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1425727637780_Pro_Ktm_ Airport ma Tuirkash Air (3)

काठमाडौं, २४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातभर ३० वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् ।

दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पन्छाएपछि गए रातिदेखि सञ्चालन भएको विमानस्थलबाट आज बिहान ६ बजेसम्ममा ३० अन्तर्राष्ट्रिय उडान र अवतरण भएका हुन् ।

विमानस्थल सञ्चालन हुनेबित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयादिल्ली उडान गर्नाका साथै त्यहा“बाट करिब १ सय ५० यात्री बोकेर राजधानी फर्केको नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयले जनाएको छ ।

सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको छ । त्यहाँबाट फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिनुभयो ।

‘कतार एयरलाइन्सको एउटा, चाइना साउदर्नले तीन वटा, चाइना इस्टर्नले पाच वटा, फ्लाई दुबईले दुई वटा र ओमान एयरको एउटा उडान भइसकेको छ’, उहाले भन्नुभयो ।

इत्तेहाद एयरलाइन्स प्राविधिक खराबीका कारण मध्यआकाशबाट विमानस्थलमै पुनः अवतरण भएको जानकारी दिदै उहाँले झन्डै पाच हजार यात्रीको आगमन र प्रस्थान भएको बताउनुभयो ।

गत बुधबार बिहान टर्किस एयरलाइन्सको विमान धावनमार्गमा दुर्घटनाग्रस्त भएपछि चार दिनसम्म अवरुद्ध भएको मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल शनिबार साझ ७ बजेदेखि सञ्चालन भएको थियो ।