सिरहा, २४ फागुन । सशस्त्र प्रहरी बेस क्याम्प सिरहा सुखिपुरमा कार्यरत सशस्त्र प्रहरी हबल्दार प्रमोदकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुखिपुरबासीले स्थानीय एक महिलालाई जबरजस्ती करणीको आरोप लगाएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी हबल्दार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय सिरहामा थुनामा राखी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रामकृपाल साहले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
ईलाका प्रहरी कार्यालय सुखिपुरका प्रहरी नायब निरीक्षक आशनारायण चौधरीले राम्रो चिनाजान रहेको स्थानीय एक युवकको पत्नीसँग सशस्त्र प्रहरी हबल्दार श्रेष्ठ होली पर्वको अवसरमा रंग खेल्न गएपछि विवाद भएको बताए ।















प्रतिक्रिया