१ कार्तिक २०८३, आइतबार

‘छोरी जन्मिएकी थिई, मलाई कसैले सहयोग गर्दैन थिए’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaकाठमाडौं, २४ फागुन । कृष्णलक्ष्मी छेताला यतिबेला एक पक्का सिकर्मी हुन् ।

भक्तपुरको सूर्य विनायकनजिकै उनको काठ कारखाना छ ।

तीन वर्षअघिसम्म उनको परिचय एउटा गृहिणीका रूपमा सीमित थियो ।

कृष्णलक्ष्मीले दुई वर्षअघि विश्व बैंकद्वारा सञ्चालित वयष्क ९१५(२४ वर्षका) महिला रोजगार पहल कार्यक्रमअन्तर्गतको २ महिने सिकर्मी तालिम लिएकी हुन् ।

जुन तालिमले उनको जीवनमा ठूलो फेरबदल ल्यायो ।

‘काम सिकेपछि मैले आफ्नै काठ कारखाना खोलें’, छेतालाले भनिन्, ‘पहिले पति (सीताराम) को मात्र कमाइले घर चलाउनुपथ्र्यो । निकै गाह्रो हुन्थ्यो । तर अहिले दुवैले कमाउँदा पैसाको चिन्ता हुँदैन ।’

सीताराम पनि सिकर्मी हुन् । अहिले दुवै जनाका सँगसँगै छुट्टाछुट्टै कारखाना छन् ।

उनले आफूले जानेको सीप दुई वर्षको अन्तरालमा अरू ६० जनालाई बाँडिसकेकी छन् ।

‘केही त मेरै कारखानामा काम गरिरहेका छन्’, दुई सन्तानकी आमाले भनिन् ।

पुरुषले मात्र गर्ने ठानिने काममा अब्बल दरिने नेपाली चेलीहरूको संख्या बढदै छ ।

उनीहरू लगावबाटै समानताको व्यावहारिक दृष्टान्त बन्न सफल भएका हुन् ।

भक्तपुरमै मोबाइल मर्मत गर्ने सरिता मङ्ग्राती, पाँचथरकी ब्युटिसियन मुना राई, कैलालीकी सूचीकार सोझा टमाटा, दाङकी इलेक्ट्रिसियन शोभा चौधरीलगायत ती नाममा गनिन्छन्, जो श्रम र सीपको दुनियाँमा कायम भेद मेट्न सफल भएका छन् ।

सोझा युद्धकालमा माओवादी बनिन् । शान्ति प्रक्रिया सुरु भएपछि उनले कैलालीका युवकसँग विवाह गरिन् ।

२४ वर्षीया उनका २ छोरी छन् । ‘भर्खर छोरी जन्मिएकी थिई, घरमा मलाई कसैले पनि सहयोग गर्दैन थिए’, उनले टेलिफोन वार्तामा भनिन्, ‘त्यही बेलामा बजारमा तीन महिने सिलाइ कार्यक्रम हुन लागेको थाहा पाएँ र गएँ ।’ काखे छोरी छोडेर सिलाइ सिक्न जानु कम्ता गाह्रो थिएन ।

प्रशिक्षण सकिएपछि वयष्क महिला रोजगार पहल कार्यक्रमले नै १० हजार ऋण दिई उनलाई सिलाइ मेसिन किनिदिएको कान्तिपुर दैनिकले छापेको छ ।

बजारमा उनको अहिले आफ्नै पसल छ । जेठी छोरीलाई बोर्डिङ पढाउने, सानी २ ववर्षीया छोरीसहित पूरै परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा छ । भन्छिन्, ‘अरूले नकमाएपछि मैले नै हेर्नुपर्‍यो नि ।’ परिवारले अहिले उनलाई सम्मानपूर्वक व्यवहार गर्छ ।

मुना आफ्ना तीन बहिनी र एक भाइलाई पढाउनुका साथै घरमा बा-आमालाई सहयोग गर्न समेत भ्याउँछिन् ।

उनको यासोक बजारमा ब्युटिपार्लर छ । दुई वर्षअघि उनले झापाको दमकमा आएर ३ महिने ब्युटिपार्लर टे्रनिङ लिएकी थिइन् ।

त्यसपछि उनले बा-आमालाई भनेर साहुबाट ९० हजार रुपैयाँ ऋण लिइन् । उनको ब्युटिपार्लरमा अहिले एक लाखभन्दा बढीका सामान छन् ।

भक्तपुरकी सरिता मङग्राती मोबाइल मर्मत गर्छिन् । उनले ७ महिनाअघि ३ महिने प्रशिक्षण लिएकी हुन् ।

सुरुमा उनले बागबजारको एक मोबाइल पसलमा काम गरिन् । अहिले उनको आफ्नै पसल छ र अन्य महिलालाई पनि मर्मत कला सिकाउँछिन् ।

‘परिवारलाई सहयोग हुने जति कमाउँछु’, ८ महिनाअघि विवाह गरेकी उनले भनिन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्या ९२,६४,९४,५०४० को ५१.५० प्रतिशत ९१,३६,४५,४६३० महिला छन् ।

पछिल्लो समय महिलाहरू शैक्षिक रूपमा समेत पुरुषभन्दा अघि लागेका छन् ।

यसपटकको एसएसली परीक्षा दिनेमा छात्रा बढी छन् । ४ लाख २६ हजार २ सय १४ परीक्षार्थीमध्ये २ लाख १३ हजार ७ सय १० जना छात्रा छन् ।