१ कार्तिक २०८३, आइतबार

चौथो ठूलो शक्तिको एजेन्डालाई ध्यान नदिए कसरी संविधान बन्छ !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal_Thapa_Rashtriya_Prajatantra_Party Nepalकाठमाडौ, २४ फागुन । राप्रपा नेपालले सत्तारूढ कांग्रेस–एमाले, विपक्षी एमाओवादी र मधेसवादी मोर्चाबीचको वार्ताले मात्र संविधानमा अहिले उठेका विवादलाई सम्बोधन गर्न नसक्ने जनाएको छ ।

सत्तापक्ष र मोर्चाका नेताबीच शनिबार बिहान औपचारिक वार्ता सुरु भए पनि संविधानसभाको चौथो ठूलो शक्ति र अन्य दलका एजेन्डाबारे चासो नदेखाइएको राप्रपा नेपालको दाबी छ ।

‘अहिलेको प्रक्रियालाई यथास्थानमा राखी संविधानसभामा भएका सबै दल बसेर समाधान खोज्नुपर्छ’, पार्टी अध्यक्ष कमल थापाले भने ।

उनले पटक/पटक आफ्ना एजेन्डा सम्बोधन गर्न र वार्तामा आफूहरूलाई समेत सहभागी गराउन माग गरे पनि सत्तापक्ष र विपक्षी मोर्चाले बेवास्ता गरेको बताए ।

यसअघि कांग्रेस, एमालेसहित केही साना दलले संविधानसभामा प्रक्रिया सुरु गर्दा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताबाहेक अन्य विषयमा प्रश्न तयार पारेपछि राप्रपा नेपालले आपत्ति जनाएको थियो ।

एमाओवादीका शीर्ष नेतृत्वले सबै विषय छलफल गर्नुपर्ने भन्ने सार्वजनिक अभिव्यक्ति दिएपछि आफ्नो पार्टी पर्ख र हेरमा रहेको समेत उनले बताए ।

‘एमाओवादीका नेताले त्यसरी बनाएको प्रश्नको विरोध गर्नुभएको छ । अब वार्तामा के गर्नुहुन्छ हेरौ’, पहिलेकै प्रक्रिया कायम राखे आन्दोलनको विकल्प नहुनेसमेत थापाले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

उनले संविधान जारी गर्ने इमानदार प्रयत्न नगरेको आरोपसमेत लगाए ।