३ कार्तिक २०८३, मंगलबार

एमाओवादी सहमतिमा फर्किनुको विकल्प थिएन् : एमाले नेता ढकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale– रामसुन्दर आचार्य
धुलिखेल, २३ फागुन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य भानुभक्त ढकालले एमाओवादी सहमतिमा आउनुको विकल्प नभएको बताउनुभएको छ ।

शनिवार काभ्रकोे भकुण्डेमा भएको युवा संघ नेपाल क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै उहाँले एमाओवादी र ३० दलिय मोर्चाले संविधानसभा छोडेर देखाएको नौटङकीले उनीहरुलाई लज्जित बनाएकाले उनीहरुको अन्तिम विकल्प नै संविधानसभामा फर्कनु नै भएको बताएका हुन् ।

उनले भने-‘जनताले जनयुद्ध पनि हेरे, आन्दोलन पनि त्यस्तै भाषण पनि सुने, अब पनि युद्ध वा आन्दोलनको कुनै सम्भावना छैन, त्यसैले अब एमाओवादीका लागि विकल्प भनेको सहमतिमा संविधान निर्माण गर्नु नै हो भन्ने धारणाको विकास भएको देखिन्छ ।’

अधिवेशनमा युवा संघका महासचिव राजिव पहाडी, सचिव तथा युथ फोर्स विभाग प्रमुख चन्द्र लामाले कार्यक्रममा सम्बोधन गरेका थिए ।