३ कार्तिक २०८३, मंगलबार

सञ्चारकर्मीलाई औषधि खुवाएर हात्तीपाइले विरुद्धको अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kashab saudमहेन्द्रनगर, २३ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले आजबाट हात्तीपाइले रोगविरुद्धको तीन दिने अभियान सुरु गरेको छ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सक आरबी चौधरीले नेपाल पत्रकार महासंघका सचिव केशव सावदलाई औषधि खुवाएपछि हात्तीपाईले रोग विरुद्धको अभियान औपचारिक रुपमा सुरु भएको हो ।

जनस्वास्थ्य कार्यालयको सभाकक्षमा आज बिहान आयोजित कार्यक्रममा सचिव सावदले कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतलाई औषधि खुवाउनु भएको थियो ।

कञ्चनपुरका पाँच लाख ४६ हजार बढी मानिसहरुलाई औषधि खुवाउनका लागि स्वास्थ्यकर्मी, महिला स्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

फागुन २३, २४ र २५ गतेका दिन देशका ४१ जिल्लामध्ये कञ्चनपुरमा समेत हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमका लागि विभिन्न स्थानमा गरी दुई हजार एक सय ९१ केन्द्र निर्धारण गरिएका छन् ।

औषधि खुवाउनका लागि केन्द्रमा आठ सय ५० महिला स्वयम्सेविका, दुई सय ५० जना स्वास्थ्यकर्मी र अन्य गरी दुई हजार एक सय ९१ जनालाई परिचालन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनुभयो ।

गत वर्ष ६८ दशमलब ८८ प्रतिशत बासिन्दाले औषधि सेवन गरेकामा यस वर्ष ८० प्रतिशत बढीलाई औषधि खुवाइने जनस्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।

जनस्वास्थ्य कार्यालयले संकलन गरेको विवरणअनुसार कञ्चनपुरमा बसोवास गर्ने २० प्रतिशत बढी बासिन्दा हात्तीपाइले रोगको उच्च जोखिममा रहेका छन् ।