२९ आश्विन २०८३, बिहिबार

पत्रकार ऋषि धमला बने कलाकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rishi-Dhamala-Reporters-Club-Nepal-Presidentकाठमाडौं । नेपालका चर्चित पत्रकार एवं रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला कलाकार बनेका छन् । उनले चलचित्रमा अभिनय गरेका छन् ।

निलु डोमा शेर्पाद्वारा निर्देशनमा बनेको चलचित्र ‘हाउ फन्नी’ मा धमला सञ्चारकर्मीको भुमिकामा अभिनय गरेका हुन् । पूर्व मिस नेपाल माल्भिका सुब्बाको प्रस्तावमा चलचित्रमा अभिनय गरेको उनले बताए ।

धमलाले भने–अधिकांश शुटिङमा रोल गरिसकेकाले केही दृश्यमा मेरो भुमिका देख्न पाउनुहुनेछ ।’ चलचित्र ‘हाउ फन्नी’मा केकी अधिकारी, दयाहागं राई, प्रियंका कार्की, अनुप विक्रम शाही आदिको प्रमुख भुमिका रहेको निर्देशक शेर्पाले जानकारी दिनुभयो ।