दमौली, २३ फागुन । प्रेस चौतारी नेपाल तनहुँ शाखाको ८ औं अधिवेशनले नारायण खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनबाट चौतारीको उपाध्यक्षमा राजकुमार श्रेष्ठ विवी, सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा ऋषिकान्त दुवाडी र कोषाध्यक्षमा रुपा सुनार चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सुदिप पौडेल, लालु थापा, धु्रव सुवेदी, विकास बास्तोला, सागर गिरी र मदन तिमिल्सिना चयन भएका छन्
अधिवेशनको स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष मुकेश पोख्रेल, महासचिव माधव नेपाल, सचिव गणेश पाण्डे, गण्डकी इन्चार्ज हरि बास्तोला, एमाले नेताहरु कृष्णकुमार श्रेष्ठ (किसान), रामबहादुर गुरुङ्ग, जिल्ला उपसचिव विष्णुभक्त सिग्देल, वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रेमप्रसाद पौडेल, पूर्व अध्यक्ष प्रदीप काफ्ले, सचिव उज्वल पौडेल, फोटो पत्रकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष गोरा मियाँ, रिपोर्टस क्लव तनहुँका अध्यक्ष मदन वाग्ले, क्रियाशील पत्रकार महिला तनहुँकी अध्यक्ष सोनी खनिया लगायतले मन्तव्य राखेका थिए ।
भण्डारीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार
प्रेस चौतारी तनहुँले स्थापना गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रेस स्वतन्त्रता सेनानी एवं भञ्ज्याङ दैनिकका सम्पादक विश्वबन्धु भण्डारीलाई प्रदान गरेको छ ।
प्रेस चौतारी तनहुँले गठन गरेको प्रतिभा छनौट समितिले उक्त पुरस्कारबाट भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सल्लाहाकार, नेपाल पत्रकार महासंघका संस्थापक सभापतिसमेत रहिसकेका भण्डारी प्रेस काउन्सिलले प्रदान गर्ने गोपालदास पत्रकारिता पुरस्कारलगायत दर्जनौ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।
प्रेस चौतारी तनहुँको शुक्रबार सम्पन्न ८ औं अधिवेशनको अवसरमा भण्डारीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ ।
सोही अवसरमा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव गणेश पाण्डेलाई समेत स्वास्थ्यमन्त्री अधिकारीले सम्मान गर्नुभएको थियो ।
प्रेस चौतारी तनहुँले स्थापना गरेको पत्रकारिता अक्षयकोषका लागि रकम संकलनमा पाण्डेको महत्वपूर्ण भूमिका छ ।
पाण्डेद्वारा निर्देशित ‘मरेर बाँचेकाहरू’ र ‘अन्तिम सन्देश’ नामक वृत्तचित्र प्रदर्शनीबाट प्रेस चौतारी तनहुँले दुई वर्ष अगाडि १ लाख रुपियाँको अक्षयकोष स्थापना गरेको थियो ।















प्रतिक्रिया