३ कार्तिक २०८३, मंगलबार

करेन्ट लागेर कालिका कन्स्ट्रक्सनका कर्मचारीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ फागुन । चितवनको भरतपुर– २ स्थित क्षेत्रपुरमा रहेको कालिका कन्स्ट्रक्सनमा काम गर्ने एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।

कन्स्ट्रक्सनको साइडमा काम गर्ने बाँके कञ्चनपुर घर भई यहाँ बस्दै आएका ३८ वर्षीय खिमबहादुर गिरीको करेन्ट लागेर हिजो मृत्यु भएको हो ।

बलेरो गाडी धुने क्रममा तारमा विद्युत् सर्ट हुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ । शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।