१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्ड ३० दलीय मोर्चाको चक्रब्यूहमा फसेकाले सहमति हुन सकेन् : नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepalपोखरा, २२ फागुन । नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३० दलिय मोर्चाको चक्रव्यूहमा फसेकाले सहमति हुन नसकेको बताउनुभएको छ ।

प्रचण्डले सहमति गर्न चाहेको बताउँदै नेता नेपालले ३० दलिय मोर्चाको दबाबका कारण वार्ता र सहमति अगाडी बढ्न नसकेको बताउनुभयो । उहाँले सकेसम्म अन्तिम अवस्थासम्म सहमतिबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल गण्डकी अञ्चलले आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेपालले अन्तिम अवस्थामा सहमति नै हुन नसके विमतिसहितको सहमतिका लागि वार्ता अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ३० दलीय मोर्चाको चक्रब्यूहमा फसेको र मोर्चाको एक जना बुरुक्क उफ्रेपछि त्यतै लाग्न थालेकाले सहमतिमा आउन नसकेको बताउनुभयो ।

एक अर्को प्रश्नको उत्तरमा एमाले नेता नेपालले नेपालमा अब कहिल्यै पनि राजतन्त्र फेरि फर्कन नसक्ने विचार व्यक्त गर्नुभयो ।

संविधान निर्माणमा प्रमुख जिम्मेवारी बोधका साथ काम गर्न सबै राजनीतिक दलसँग आग्रह गर्दै उहाँले जति ढिलो गर्दै गयो त्यति नै धमिलो पानीमा माछा मार्ने काम हुँदै जाने र जनआन्दोलनका उपलब्धिहरु समाप्त हुँदै जाने धारणा राख्नुभयो ।

उहाँले अब राजनीतिभन्दा माथि उठेर आर्थिक विकासका एजेन्डा अघि सार्न सबैसँग आग्रह गर्नुभयो ।