३० आश्विन २०८३, शुक्रबार

फेसबुकले नेपालका गरिब जनतालाई निःशुल्क इन्टरनेट सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook

काठमाडौं, २२ फागुन । प्रविधि र सूचनाले विश्व संसारलाई नजिक बनाएको सामाजिक सञ्जाल फेसबुकले गरिब जनतालाई इन्टरनेट सेवाको पहुँचमा ल्याउन पहल थालेको छ ।

बिश्वकै नम्बर वान फेसबुकले एक सय विकासोन्मुख राष्ट्रका गरिब जनतालाई निःशुल्क इन्टरनेट सेवा दिन पहल थालेको हो । फेसबुकले सुरु गरेको इन्टरनेट डट ओआरजी अभियान अन्तर्गत एकवर्षभित्रै एक सय देशहरुमा निःशुल्क सेवा दिन तयारी सुरु गरेको जनाएको छ ।

इन्टरनेटसँग नजोडिएका बिश्वका दुईतिहाई जनसंख्यासम्म पुग्नका लागि यस्तो सेवा सञ्चालन गर्न लागिएको फेसबुकका कार्यकारी अधिकृत मार्क जुकरवर्गले बताएका छन् ।

उहाँका अनुसार यसका लागि ड्रोन र स्याटेलाइटमा समेत लगानी गरिएको छ । फेसबुकका अनुसार विश्वका ६ अर्ब जनसंख्यामध्ये करिब साढे ४ अर्बले अझै पनि इन्टरनेट चलाउन पाएक छैनन् ।

अहिले परिक्षणका लागि फेसबुकले भारत, जाम्बिया, तान्जानिया, केन्या, घाना र कोलम्बियामा त्यहाँका मोबाइल सेवा प्रदायकहरुसँग मिलेर इन्टरनेटसँग नजोडिएका जनतालाई निःशुल्क इन्टरनेट सेवा दिँदै आइरहेको छ ।

निःशुल्क इन्टरनेट सेवाले गरिब जनताले फेसबुकसहित स्वास्थ्य, रोजगारी, स्थानीय सूचना ललगायतका निश्चित एप बिना पैसा चलाउन पाउने र इन्टरनेटको पहुँचमा आउने फेसबुकको विश्वास छ ।

जसअनुसार मोबाइल सेवा प्रदायकसँगको सहकार्यमा विकिपेडिया, फेसबुक, केही स्वास्थ्य र उपयोगी सूचना सम्बन्धी एप्स खोल्दा पैसा लाग्ने छैन् ।

यो योजना तिव्र रुपमा विस्तार भइराखेको र अबको एक वर्षभित्रै नेपाल सहित एक सय वटा देशमा गरिब जनताले निःशुल्क सेवा पाउने फेसबुकको दावी छ । एजेन्सीको सहयोगमा