नयाँदिल्ली २२ फागुन । बलात्कार अरोपीलाई भारतको नागाल्याण्डमा स्थानीयले कुटेर हत्या गरेका छन् । नागाल्याण्डको एक जेलमा रहेका बलात्कारीलाई जेल फोडेर बाहिर निकाली स्थानीयले कुटेर हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीयहरुको एक समुहले विहीबार दिउँसो बलात्कारका आरोपी फरिद खानलाई सुबेको राजधानी दिमापुर जेलबाट बाहिर निकालेर कुटेर हत्या गरेका हुन् ।
नागाल्याण्डको एक कलेजमा पढ्ने महिलालाई पटक-पटक बलात्कार गरेको अभियोग लागेका कार व्यापारी खानलाई कलेजका विद्यार्थीहरुसहित करिब १० हजार जनाको समूहले जेलको फलामे ढोका फोडेर बाहिर निकाली कुटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा प्रहरीले खानलाई केहीदिन पहिले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार स्थानीयहरुले खानका जेलबाट बाहिर निकाली कुटी कुटी हत्या गरेर बीच बजारमा झुण्ड्याइएका थिए । यो घटनाले बलात्कार गर्ने अभियुक्तले सोच्नुपर्ने स्थितीम ल्याएको अधिकारकर्मीहरुको बुझाई छ ।













प्रतिक्रिया