काठमाडौं २२ फागुन । मंगलबारदेखि अवरुद्ध त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजपनि सूचारु नभएपछि दिल्ली भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई स्थलमार्गबाट लखनउ हुँदै नेपालगञ्ज आउने कार्यक्रम तय गरिएको छ ।
विमानस्थल अवरुद्ध हुँदा पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा रोकिएका थिए । मुम्बईमा आयोजित प्रवासी नेपाली संगठनको सम्मेलन उद्घाटनका लागि भारत गएका डा. भट्टराई विहीबार विहान ९ बजे काठमाडौं आइपुग्ने कार्यक्रम भएपनि विमानसेवा अवरुद्ध भएकाले आजमात्रै स्थलमार्गबाट स्वदेश फर्किन लागेका हुन् ।
आजपनि साँझ पाँच बजेपछि मात्रै विमानस्थल खुल्ने जनाइएको छ । नेता भट्टराई आज बिहान लखनऊ हुँदै नेपालगञ्ज प्रस्थान गरेका छन् । अपरान्ह ४ बजे नेपालगञ्जबाट काठमाण्डौ आउने भट्टराइको सचिवालयले जनाएको छ ।
दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट, नेता र सरकारका विशिष्ट पदाधिकारीसँग भेटवार्ता गरेर डाक्टर भट्टराई ५ दिनपछि काठमाडौं आउन लागेका हुन् ।















प्रतिक्रिया