२९ आश्विन २०८३, बिहिबार

यसरी रंगिए होलीमा कलाकार (तस्बिरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suminaकाठमाडौं । राजधानीलगायत पहाडी जिल्लाहरूमा बिहीबार धुमधामका साथ उल्लासमय बताबरणमा होली मनाइएको छ । आज तराईका जिल्लामा बिहानैदेखि हाली मनाइएको छ ।

सर्वसाधारण हुन् या उच्च ओदाहाका पदाधिकारी सबैले रंगको वर्षसँगै चाड मनाइरहदा कलाकारहरुले पनि यो पर्वलाई मनाउनपछि परेनन् ।

हिट, फ्लप, नयाँ पूराना सबै कलाकार सधैं झै यसपटक पनि एकअर्काेलाई रंगको वर्षा गर्दै होलीमा रमाए ।

होलीको दिन बिहीबार बिहानैदेखि विभिन्न टेलिभिजनमा आयोजना गरिएको कार्यक्रममा कलाकार बाक्लो देखिन्थे भने त्यतिकै संख्यामा अन्य स्थानमा आयोजना गरिएको होलीमा पनि कलाकारको सहभागिता रहेको थियो ।

केही कलाकारका हुल बिभिन्न टेलिभिजनमा दौडिरहँदा कोही भने अनमनगरस्थित मण्डला थिएटर, आकाश अधिकारीको महाराजगञ्ज चक्रपथस्थित रेड स्टुडियो र पूराना निर्माता छविराज ओझाको नमस्ते नेपालमा भेटिए ।

उनीहरुले रंगसँगै रंग खेल्दै नेपाली र हिन्दी गीतमा धितमरुञ्जेल कम्मरसमेत मर्काएर होली मनाए ।

प्रत्येक वर्ष अभिनेत्री करिष्माको घरमा भेटिने यी कलाकार यस वर्ष भने यी तीन स्थानमा भेटिए । अनमनगरस्थित मण्डला थिएटर भने बिहान १० बजेबाट मात्र होली कार्यक्रम सुरु भयो ।

कार्यक्रममा अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की, केकी अधिकारीलगायतका कलाकार सहभागी थिए । यी कलाकारले रंगमञ्चिए बिभिन्न कलाकारका साथमा होली खेले ।

करिब तीन घन्टा चलेको कार्यक्रममा चर्चित नयाँदेखि पूराना पत्रकारसम्मको उपस्थिति रहेको थियो ।

उता, फागुन २५ गते विवाह बन्धनमा बाँधिन थालेकी नायिका सुमिना घिमिरेले पनि धित मरुञ्जेल होली खेलेकी छिन् । उनले आफ्ना नजिकका साथी र पारिवारिक वातारणमा होली मनाएकी हुन् ।

आफ्नी दिदी साधना घिमिरे र केही साथीहरूसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सुमिनाले प्रधानमन्त्री सुशील कोइरालासँग पनि होली खेल्न भ्याइन् । उनलाई प्रधानमन्त्री कोइरालाले टीका लगाइ दिएका थिए ।

निर्देशक ऋषि लामिछानेले पनि आफ्नै परिवारसँग होली मनाए । कलाकारसमेत रहेकी सरिता लामिछाने र छोरीसँगको होली सकेर ऋषि नमस्ते नेपाल पूगेका हुन् ।

त्यस्तै निर्माता निर्देशक आकाश अधिकारीले आफ्नै स्टुडियोमा राखेका होली कार्यक्रममा पनि अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, चलचित्र ‘हाउ फन्नी’की निर्देशक नीलु डोल्मा शेर्पा र सान बस्न्यातलगायत कलाकार देखिन्थे ।

अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की मण्डला थिएटरको कार्यक्रमपछि यसमा सहभागी भएका हुन् ।

रेखाले पनि आकाशसँगै मिलेर होली कार्यक्रम आयोजना गरेकी थिइन् । सहभागीलाई आकाश र रेखाले एकैसाथ विभिन्न रंग दलेर होलीको माहोल रंगिन बनाएका थिए ।

रेखा र आकाशको होली कार्यक्रममा वितरक तथा निर्माता गोपाल कायस्थ, अभिनेता किरण थापा, सोहित मानन्धर, कलाकार ओम प्रतिकलगायत थुप्रै सहभागी थिए ।

विषेश गरी अनलाइनका पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा संगीतको सुरमा कलाकारसँगै पत्रकारहरु नाँच्दा वरपरबाट चिहाउनेको घुइचो देखिन्थ्यो ।

यता छविराजको होली कार्यक्रम पनि कम थिएन । वर्षैपिच्छे कलाकार र पत्रकार बोलाएर होली मनाउने छविले यो वर्ष पनि पूरानो परम्परालाई निरन्तरता दिए ।

छविसँग होली मनाउन निर्देशक ऋषि लामिछाने, नवल नेपाल, अभिनेता सविन श्रेष्ठ, आर्यन सिग्देल, हसनराजा खान, सुदर्शन थापा, पूजा शर्मालगायतका दर्जनौ कलाकार पुगेका थिए ।

तर कार्यक्रममा छबिकै प्रिय अभिनेत्री शिल्पा पोखरेल भने थिइन् । छबिको कार्यक्रममा श्रीमतीसहित पुगेका आर्यन होली खेल्न रेड स्टुडियोसमेत पुगे ।

यस वर्ष बिगतका वर्ष झै रेखा र छबिसँग एकसाथ होली खेल्ने कलाकारको चहाना पूरा हुन नसके पनि भिन्न भिन्न स्थानमा पुगेर उनीहरुले होली खेले ।

गायिका कोमल ओली, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार गोविन्द मधुर आचार्य, गीतकार शशि शर्मा मजगैंया, गायक प्रकाश रेग्मीपनि हेलीमा खुब रमाए । उनीहरूले गीत संगीत क्षेत्रका कलाकारहरूसँग रंग र अविर लगाएर हेली मनाएका हुन् ।

चलचित्रका कलाकार मात्र हैन गायक गायिकाले पनि यस वर्ष धुमधामसँग होली मनाए । धेरै जसो गायक गायिकाको होली मिडिया हाउसमा आयोजना गरिएको कार्यक्रममा गाउदा गाउदै बित्यो ।

Sumina 1

Sumina

13091_10202585015385877_1060139508472804789_n 1484526_843517632388610_8256276460567570409_n 1528487_10153069081195295_1866463499791608684_n

 

1551532_783641995046734_6711164210295130813_n 10428556_783641888380078_5084333190507807056_n 10647208_783622278382039_8794254939970080863_n  11022555_10153068309110295_1176329862757376037_n 11024758_783641958380071_4004345890177946800_n 11025806_10153069081390295_2178159270580694382_n 11026213_783622181715382_2090093297046939462_n 11034172_783642071713393_2688470850323268345_n 11034257_783622155048718_8736642785288538145_n  11043046_850878321620468_6253699949643543634_n 11043052_783642055046728_5852512983068150145_n 11045304_741117409329250_5809313338179895099_n 11047940_850878394953794_8067739315678447865_n 11052442_741117405995917_5248620134228876190_n  malina-joshi

1 (1)

1 ko 2

 

1010153_10204941382351953_2201977127066684142_n 10919002_1076054735744074_1799758280232105346_n

 

10997727_561218080648557_4241212815077927249_n

 

11041787_934099549947149_260275761053712495_n