१ कार्तिक २०८३, आइतबार

पिआर, ग्रिनकार्ड लिने सेना प्रहरीलाई पनि कारबाही हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

usa green card lotteryकाठमाडौं, २२ फागुन । सरकारले विदेशको स्थायी बसोबास अनुमति (पिआर) ,ग्रिनकार्ड लिएका निजामती सेवासहित अन्य राष्ट्रसेवक कर्मचारीलाई पनि कारबाही गर्ने भएको छ ।

सेना,प्रहरी , शिक्षकसहितका कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक संशोधनको गृहकार्य भएको छ ।

डिभी र पिआर लिएका निजामती सेवका कर्मचारीलाई कारबाही गर्न निजामती सेवा ऐनको चौथो संशोधन विधेयकको प्रक्रिया अघि बढिसकेको छ ।

व्यवस्थापिका संसद्को राज्यव्यवस्था समितिले अनुमोदन गरेकाले अन्तिम स्वीकृतिका लागि संसद्मा पेश गर्ने तयारी भएको छ ।

अब सेना,प्रहरी,शिक्षकसहित सबै राष्ष्ट्रसेवक कर्मचारीलाई कारबाही गर्ने गरी अर्को विधेयक ल्याउने तयारी भइरहेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कानुन मन्त्रालयले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्दै गरेको उनको भनाइ छ ।