१ कार्तिक २०८३, आइतबार

बाटो खुल्न नसक्दा तीस हजार यात्रु काठमाडौंमा अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlines3काठमाडौं, २२ फागुन । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धस्सिन पुगेको टर्किस एयरको विमान निकाल्न नसक्दा उडानहरु दोस्रो दिन पनि ठप्प हुन पुगेका छन् ।

दुई दिनमा आवतजावत गरी करिव १ सय ६० अन्तर्राष्ट्रिय उडान हुन सकेनन् भने ३० हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् ।

टर्कीको राजधानी इस्तानबुलबाट ७ घन्टा लामो उडान भरेर बुधबार बिहान काठमाडौं आइपुगेको १ सय २६ टन तौल भएको विमान दुर्घटना परे लगत्तै अन्तर्राष्ट्रिय उडान रोकिएको कान्तिपुर दैनिकले छापेको छ ।