२ कार्तिक २०८३, सोमबार

क्षमता अभिवृद्धि उद्देश्यसहित पटिहानीका युवालाई वेटर/वेट्रेस तालिम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्दिप भट्ट
भरतपुर, २१ फागुण । ‘क्षमता अभिवृद्धि गरौँ, गुणस्तरीय सेवा प्रदान गरौँ’ भन्ने नाराका साथ होटल व्यवसयामा काम गर्न इच्छुक व्यक्तिहरुको लागि विहिवारदेखि पटिहानीमा १ हप्ते वेटर वेट्रेस तालिम सुरु भएको छ ।

जिल्ला विकास समिति चितवनको विशेष सहयोगमा चितवन पर्यटन विकास समिति र पटिहानी पर्यटन विकास समिति पटिहानीले तालिमको आयोजना गरेको हो । तालीमको चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीलले उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै अध्यक्ष मैनालीलले चितवनको ४० वटा पर्यटकीय गन्तब्यमध्ये पटिहानी सम्भावना बोकेको ठांउ भएको वताए । पुर्वाधारको विकास र सम्भावनालाई विकासमा परिणत गर्न सके पटिहानीलाई उत्कृष्ट पर्यटकीय गन्बब्य बनाउन सहयोग पुग्ने वताए ।

सौराहको विकल्पको रुपमा पटिहानीलाई लिन थालेको वताउदै अध्यक्ष मैनालीलले जल, जमीन, र जंगललाई उचित प्रयोग गर्नुपर्नेमा जोड दिए । होटल ब्यासायको पर्वद्धन गरी पटिहानीलाई पर्यापर्यनको माध्यामवाट विकास गर्ने तालीमले महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष मैनालीको विश्वास छ ।

देशकै पर्यटकीय नगरी चितवनमा रहेका सम्भावीत ठांउहरुको खोजी गर्दै पटिहानीलाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्न यस्ता तालीमले महत्वपुर्ण भुमिका खेल्ने पटिहनी पर्यटन समितिका उपाध्यक्ष शंकर थपलियाले वताए ।

होटल राम्रो भए पर्यटकको बसाई लम्वाउन सकिने भएकाले होटलमा आएका पाउनालाई गर्ने ब्याबाहरले नै पर्यटकको बसाई लम्वाउन महत्वपुर्ण भुमिका खेल्ने पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष माधवराज उपाध्यायले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला विकास समिति चितवनका योजना तथा पर्यटन अधिकृत प्रकास चन्द्र पौडेलले जिल्ला विकास समितिसँग सिमित स्रोत र साधन भए पनि पर्यटन क्षेत्रसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरिएको बताए ।

चितवनका पहाडी गाविसमा पर्यटकीय सम्भावना रहेको कारण पहाडी गाविसहरुको भविष्य उज्ज्वल भएकोे बताए । ‘पर्यटन क्षेत्रबाट जिल्ला विकास समितिलाई आम्दानी भएको छैन’ पौडेललेले भने,–‘ऐन अनुसार चितवन राष्ट्रिय निकुञ्जले जिल्ला विकास समिति चितवनलाई दिनुपर्ने पैसा समेत सोझै नेपाल सरकारलाई जाने जाने गरेको छ ।’

पुर्वाधार न्युन भएको र बजेट अभाव भएका कारण पर्यटनको क्षेत्रमा पुर्ण रुपमा काम गर्न नसकिएको पौडेलको भनाई थियो ।
पौडेलले होटल व्यवसाय फस्टाउदै गएकाले होटलसंगै पर्यटन व्यवसाय जोेडिएकाले यसको भविष्य राम्रो भएको भन्दै रोजगारीको राम्रो सम्भावना भएको बताए ।

कार्यक्रममा बोल्दै एमाओवादी पटिहानीका प्रमुख प्रकाश दवाडीले सौराह, र अमलटारी क्षेत्रको पर्यटन भन्दा पटिहानीको पर्यटनको भविष्य राम्रो भएको वताउदै त्यस क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जोड दिए ।

चितवन होटल टे«निङ सेन्टरका सुदिप भट्टले प्रशिक्षण दिने तालीममा २० जनाको सहभागीता रहेको थियो । सहभागीहरुले राम्रोसँग तालिम लिएको खण्डमा सक्षम वेटर बन्न सक्ने भट्टको विश्वास छ ।

कार्यक्रममा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले तालिमले सहभागीहरुमा आत्मविश्वास बढाउने बताए ।

तालिमबाट उत्कृष्ट भएका सहभागीहरुलाई रोजगारको लागि समेत सिफारिस गरिने सुवेदीले जानकारी गराए । तालिमको उद्घाटनका क्रममा विभिन्न ब्यत्तित्वहरुले मन्तब्य राखेका थिए । तालीम २७ गतेसम्म संञ्चालन हुनेछ ।