काठमाडौं, २१ फागुन । टेस्ट ड्राइभ गर्छु भन्दै खरिद गर्ने वहानामा मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सामान खरिद विक्री गर्ने हाम्रो बजार डटकमबाट मोटरसाइकल विक्रीमा राखेको थाहा पाएपछि ग्राहक बनेर टेस्ट गर्छु भन्दै चोरी गरेको आरोपमासुर्खेत विरेन्द्रनगरका २१ वर्षीय सुमन भन्ने रोशन ओझा र खोटाङ चिसापानी ४ का २१ वषीय सुमन खड्कालाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले विहीवार पक्राउ गरेको हो ।
यिनीहरुले मोटर साईकल धनीसँग मोटर साईकल किन्ने भनि सम्पर्क गरी कन्डीसन कस्तो छ हेर्नुपर्छ एक चोटी टेस्ट ड्राइभ गर्छु भन्दै गत फागुन १ गते मोटरसाईकल चलाएर फरार भएका थिए ।
मोटरसाइकल चोरी भएपछि सवारीधनी ईकेश चौलागाईले महानगरीय अपराध महाशाखामा खोजतलासको माग गर्दै उजुरी दिएका थिए । उजुरीपछि प्रहरीले आरोपी ओझालाई स्याङ्गजाबाट पक्राउ गरेको हो । खड्कालाई काठमाडौंबाटै पक्राउ गरेको हो ।
आरोपी ओझा र खड्काबाट प्रहरीले वा.५४ प. ४६६४ नम्वरको चोरीको मोटरसाइकल समेत बरामद गरेको छ । आवश्यक थप कारवाहीका लागि अपराध महाशाखाले आरोपी ओझा र खड्काबाट महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको छ ।
प्रारम्भिक अनुसन्धानमा आरोपी ओझा र खड्काले गत माघ २२ गते टेस्ट गर्ने वहाना बनाएर राम प्रसाद थपलियाको वा.५८ प. ५११५ नम्वरको मोटरसाईकल समेत ललितपुरवाट चोरी गरेका थिए ।
उक्त मोटरसाइकल पाल्पा पुर्याइएको र पाल्पा प्रहरीले बरामद गरेको छ । अन्य अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया