२ कार्तिक २०८३, सोमबार

जन्ती बोकेको जिप पल्टिँदा एघार घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २१ फागुन । मेची राजमार्गअन्तर्गत झापाको धाइजनमा आज जन्ती बोकेको जिप पल्टिँदा ११ जना घाइते भएका छन् ।

इलामको एकतप्पाबाट बेहुली लिएर मोरङको मधुमल्लातर्फ जाँदै गर्दा मे १ज ५०० नंको जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेमध्ये नौको चारआलीस्थित मनकामना अस्पताल र दुईको कन्काई अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप र चालकलाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ ।