११ कार्तिक २०८३, बुधबार

केपी ओली भन्छन्–‘एमाओवादी वार्तामा नआए पनि प्रक्रिया अघि बढ्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौँ, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको कार्य दुत्र गतिमा अगाडि बढ्ने बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटीका थप वैकल्पिक सदस्यलाई सपथ खुवाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादी वार्तामा नआए प्रक्रिया दौडाएरै संविधान निर्माणको कार्यले गति लिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो–‘एक दुइ दलका लागि पूरै देशको भविष्य वर्वाद पार्नेगरी धेरै समय खेर फाल्नु हुँदैन्, फटाफट संविधान बनाउने कार्यमा दलहरु लाग्नुपर्छ ।’ अध्यक्ष ओलीले विपक्षी दलहरुसंग वार्ता प्रयास भइराखेको र छिट्टै सहमतिमा आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

यस्तै, अध्यक्ष ओलीले कार्यक्रममा केन्द्रीय कमिटीमा मनोनित हुनुभएका वैकल्पिक सदस्य खगेन्द्र चुँडाल, देवशङ्कर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई सपथ खुवाउनुभएको छ । मनोनीत वैकल्पिक सदस्य प्रल्हाद गिरी भने उपस्थित हुन सक्नुभएन ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ती सदस्यलाई सपथ गराउँदै पार्टीप्रति निष्ठावान् भई देश र जनताको सेवा गर्न आग्रह गर्नुभयो । उहाँले देशमा छरिएका विभिन्न वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “अहिले सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भइरहेको छ, त्यसो हुन नसकेमा प्रक्रियामा गएर पनि संविधान जारी गरी देशलाई अन्योलबाट मुक्त गर्नुपर्छ ।”

पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा गठित शीर्ष नेता सम्मिलित कार्यदलको सुझावका आधारमा मङ्गलबार आठ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको थियो । एमाले केन्द्रीय समितिमा अब १८० पुगेका छन् ।