२ कार्तिक २०८३, सोमबार

कञ्चनपुरको दैजी–बेल्डाँडी सडकबाट चिप्लीएर बस दुर्घटना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-1– पहिलाद राना
महेन्द्रनगर, २१ फागुन । कञ्चनपुरको दैजी–बेल्डाँडी सडक खण्ड अन्तर्गत बीच जंगलमा बस दुर्घटना भएको छ ।
आईतबारदेखि परेको बर्षाले बिग्रीएको कच्ची सडकमा बस चिप्लिएर नहरमा खस्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख विश्व निरन्जन प्रधानले बुधबार बिहान महेन्द्रनगरदेखि बेलौरीका लागि छुटेको पवनदुत यातायातको ना ४ ख ५९२ नम्बरको बस बीच जंगलमा दुर्घटना भएको जानकारी दिनुभयो ।
दुर्घटनामा परी एक जना घाईते भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा बेल्डाँडीका कृष्ण भट्ट रहेका छन् । उनको बेल्डाँडी प्रथामिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालकको लापरबाही, गाडीमा खराबी आएका कारण र कच्ची सडकमा चिप्लिएर पनि बस दुर्घटना भएको हो । चालक फरार रहेकाले थप कारबाही हुने प्रहरीले जनाएको छ । जंगलमा दुर्घटना हुँदा यात्रुहरु भने अलपत्र परेका थिए । यात्रुहरु पैदल घर गएका थिए ।
सोही बसमा सवार यात्रु खेम घटालले कच्ची सडकमा गाडी चिप्लिएर एका एक दुर्घटनामा परेको बताउनुभयो । ‘कच्ची बाटो छ, गाडीका पार्टपूर्जाहरु निस्किए त्यसपछि चालकले नियन्त्रण गर्न सकेन, दुर्घटना भयो ।’, उनले भने ।bus
कच्ची सडकमा सवारी साधन हाँक्न कठिन हुने भएकाले दुर्घटना हुने सम्भावना बढी हुने यातायात व्यवसायीहरुको भनाई छ । यातायात व्यवसायी विष्णू सिंहले कच्ची सडकमा उस्तै पनि सवारी साधन हाँक्न धेरै कठिन हुने र पानी परेकाले चिप्लिने भएकाले चालकले अत्यन्तै सम्वेदनशिल हुनुपर्ने बताउनुभयो ।
बेल्डाँडीका अगुवा युवा मदन भट्टले राज्यको कमिकमजोरीका कारण दैजी–बेल्डाँडी सडक खण्डमा दुर्घटना भएको बताउनुभयो । कच्ची सडकखण्ड भएकाले सवारी साधन दुर्घटना भएको उहाँको भनाई छ ।
दक्षिणी क्षेत्रका समाजसेवी विमल धामीले राज्यको कमीकमजोरीका कारण कच्ची सडकमा नियन्त्रण गर्न नसकेर गाडी दुर्घटना भएको बताउनुभयो । ‘कच्ची सडक पक्की नबनाउदा, र हामीहरुले पटक पटक यो सडकमा आपसे आप सवारी साधन दुर्घटना हुन्छन, भन्दा पनि सम्बन्धीत निकाय भने कानमा तेल हालेर बस्यो, जसको परिमाण आज दुर्घटना भयो ।’, उनले भने ।
दुर्घटना भएपछि एकले अर्केलाई दोष दिनु भन्दा पनि समयमै दुर्घटना न्यूनिकरणका उपायाहरु अपनाउनु उत्तम हुन्छ । स्थानियहरुले सो सडक कालोपत्रे पटक पटक माग गरेपनि सम्बन्धीत निकाय भने मौन बसेका छन् ।