रङ्गेली, २१ फागुन । घरमा कोही नभएको मौकामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ दादरबैरिया – १ बस्ने २० वर्षीय जयप्रसाद सरदारले प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रङगेलीका अनुसार गए राति छिमेकी नाबालिकालाई करणी गरेको भन्दै पीडितले उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रङगेलीले उनलाई पक्राउ गरेको हो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि कोसी अञ्चल अस्पताल पठाइएको र अभियुक्तमाथि जबर्जस्ती करणी मुद्दा अगाडि बढाइने प्रहरी निरीक्षक नरेन्द्र कुँवरले बताउनुभयो ।
















प्रतिक्रिया