२ कार्तिक २०८३, सोमबार

ट्रकले किचेर होली खेल्दै गरेका बालकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, २१ फागुन । मुसिकोट नगरपालिका-१ खलङ्गामा आज बिहान ८ बजे ट्रकले किचेर एक बालकको मृत्यु भएको छ ।

दाङबाट सामान लिएर रुकुम आउँदै गरेको लु१ज ५३२२ नम्बरको ट्रकले खलङ्गा नजिकै त्रिवेणी चोकमा होली खेल्दै गरेका रुँघा–७ का १३ वर्षीय बालक नवराज घर्तीलाई किचेको हो ।

मृतक बालकको शव अहिले सामुदायिक अस्पतालमा राखिएको छ । घटनास्थल अहिले तनावपूर्ण छ ।

मृतक बालककी आमा अर्कैसँग बिहे गरेर गएको र बुबा रोजगारका सिलसिलामा विदेशमा भएको बताइएको छ । बालक खलङ्गाको एक होटलमा काम गरिरहेका थिए । रासस