मुम्बई । बलिउडका कलाकारको मूल्य झनझनै बढ्दै गएको छ । नायिकाहरु त झनै महंगा हुन थालेका छन् ।
नायिका प्रियंका चोपडा तीव्र यतिबेला त्यस्तै महंगी नायिकाको रुपमा चिनिन थालेकी छिन् । केही समयअघि एसियाकै सेक्सी महिलाको सूचीको पहिलो नम्बरमा दरिएकी प्रियंकाको भारतसँगै अन्य देशहरुमा पनि लाखौँ फ्यान छन् ।
पछिल्लो समय भने प्रियंका अमेरिकी टिभी शो ‘क्वांटिको’ का कारण चर्चाको शिखरमा छिन् । उनले त्यो शो का लागि करिब १५ करोड भारतीय रुपैया अर्थात करिब २४ करोड नेपाली रुपैया लिएको चर्चा छ । आगामी महिनादेखि प्रियंका उक्त टिभी शोमा देखिनेछिन् ।














प्रतिक्रिया