चितवन, २१ फागुन । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी सहित ३० दलीय मोर्चाका कारण राजतन्त्र सल्बलाउन थालेको बताउनुभएको छ ।
संविधान निर्माणलाई थाँती राख्दै आन्दोलनमा उत्रिनु मोर्चाको कमजोरीको कारण राजतन्त्रले सल्बलाउने ठाउँ पाएको उहाँको भनाइ थियो ।
नेता नेपालले भन्नुभयो, ‘‘पछिल्लो समय राजतन्त्रवादीले उठाउँदै आएको मुद्दामा २०६३ मा कुनै सम्झौता भएको छैन ।’’
नेकपा एमाले चितवनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते संविधान जारी गर्न सबै राजनीतिक दलहरु तयार नबने संविधानसभा नै खतरामा पर्ने बताउनुभयो ।
फागुन १६ गतेपछि सहमतिका लागि एकीकृत नेकपा माओवादी सहितको मोर्चाले लचकता उपनाउन थालेको महसुस भएको भन्दै नेता नेपालले छलफलको गति कायमै रहे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया