२ कार्तिक २०८३, सोमबार

मोटरसाइकल दुर्घटनामा परी तीनको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २१ फागुन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका- ८ बगाहामा गएराति एक मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी उपचारको क्रममा मृत्यु हुनेमा त्रियुगा नगरपालिका– ३ डिएमगेटस्थित गाईघाट बस्ने वर्ष १६ का कुन्दन साह, वर्ष १६ कै छोटेलाल साह र अर्का वर्ष १५ को विजय साह रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

गएराति त्रियुगा नगरपालिका– १० स्थित जलजलेबाट स२१प ८४७ नम्बरको मोटरसाइलमा रातको ९ बजे गाईघाटतर्फ आउँदै गरेका उक्त किशोरहरु बगाहा बजारको सडकको एक कल्भर्डमा ठोक्किन गई नियन्त्रण गुमाएर खोलामा खसेको प्रहरीले जनाएको छ ।

तत्कालै घटनास्थल पुगेको प्रहरी टोलीले उनीहरुलाई जिल्ला अस्पताल उदयपुरमा ल्याएर उपचार गर्ने क्रममा रातको ११ बजे नै तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डिल्ली चौहानले बताउनुभयो ।