२९ आश्विन २०८३, बिहिबार

नायिका सुमिनाको फागुन २५ गते विहे, तयारीका लागि भ्याईनभ्याई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sumina Ghimireकाठमाडौं, २१ फागुन । नेपाली रजतपटकी चल्तीकी नायिका सुमिना घिमिरे फागुन २५ गते विहेको लगन गाँठोमा बाँधिने भएकी छिन् । सुमिना पेशाले पाइलटकी अर्धाङ्गिनी बन्न लागेकी हुन् ।

सुमिनालाई अर्धाङ्गिनीका रुपमा भित्र्याउने भाग्यमानी भने काठमाडौं कोटेश्वर निवास रोशन सापकोटा हुन् । रोशन पेशाले पाइलट हुन् ।

लगन र मेहनती रोशनले घरपरिवारसँगै सरसल्लाह गरेर मागी विहे गर्न लागेका हुन् ।

पारिवारिक स्रोतका अनुसार रोशनले नै सुमिनासँगको विहेका लागि प्रस्ताव पठाएका हुन् ।

छोटो समयको चिनजान र मित्रतापछि रोशन सुमिनाको सौन्दर्यप्रति लठ्ठीएका थिए ।

उता, सुमिनाको घरमा विहेको तयारीका लागि भ्याईनभ्याई छ ।

विहेको किनमेल, रोटी पकाउने, आफन्त र इष्टमित्रलाई निम्ता गर्ने, घर सजाउने आदि गर्न सुमिनाको घरपरिवारलाई व्यस्त रहेको हो ।

सुमिनालाई रोशनले फागुन २५ गते नयाँ बानेश्वरस्थित एक ब्याङ्केटमा सिन्दुर हाल्नेछन् ।

त्यसपछि सुमिना जिन्दगीभरका लागि उनैकी हुने छिन् ।

नायिका सुमिनाको विहे समाचारले उनका समर्थकमा कौतुहलता पनि मच्चिएको पनि छ ।

रङ्बैजनी, नाइ नभन्नु ल– ३, भीमदत्त, दुलहीलगायत दजर्नौ फिल्ममा अभिनय गरेकी सुमिना घिमिरेलाई दर्शकले खुब मनपराउँछन् ।

सुन्दर जिउडाल र रुपकी सुमिनालाई विहेको बधाइ पनि आउन थालेका छन् ।