१ कार्तिक २०८३, आइतबार

कोरिया प्रकरणमा संलग्न श्रमका आठ कर्मचारी निलम्बित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidesi Rojgarकाठमाडौ, २१ फागुन । कोरिया जान नक्कली कागजातको आधारमा श्रम स्वीकृत दिन सहयोग पुर्‍याएको आरोपमा श्रम तथा रोजगार मन्त्रालयले मंगलवार वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयका दुई शाखा अधिकृत सहित ८ कर्मचारीलाई निलम्बन गरेको छ ।

काठमाडौं कार्यालयले छानवीनको लागि एक समिती गठन गर्दै उनीहरुलाई निलम्बन गरेको जनाएको छ ।

निलम्बन पर्नेमा शाखा अधिकृत द्धय सिद्धराज चटौत, मित्र लुईटेल, नासुहरु कमल मरासिनी, कवि न्यौपाने, पदमबहादुर शाही, सुदर्शन खनाल र कम्प्युटर अपरेटर द्धय अमर महरा र उषा महर्जन छन् ।

काठमाडौं शाखाका प्रमुख मधुविलास पंडितले कर्मचारीहरु निलम्बनमा परेको जनाउँदै विभागका शाखा अधिकृत देबेन्द्रबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको जनाए ।

‘समितिले एक सातामा प्रारम्भिक प्रतिवेदन दिन्छ र हामी त्यसैको आधारमा अघि बढौु’ उनले भने ।

पंडितका अनुसार व्यक्तिगत रुपमा कोरियाको पानी जहाज कम्पनीमा काम गर्न ४५ कामदारले श्रम स्वीकृत लिएका छन्, जसमध्ये ३७ कामदार कोरिया उड्न लाग्दा हवाई टीकट रद्ध भए पछि फर्केर विभागमा उजुरी गरेका थिए ।

बानेश्वरस्थित एचआर कन्सल्टेन्सीको नक्कली काजगातको कारण अन्य कामदार पनि कोरिया गएका छन् ।

विभागले कन्सटेन्सी कर्मचारी अप्सरा श्रेष्ठलाई पक्राउ गरेको छ भन्ने संचालकहरु फरार छन् ।

उनीहरुले प्रति कामदार ७ लाख रुपैयादेखि ९ लाख रुपैयासम्म उठाएको कान्तिपुर दैनिकले छापेको छ ।

त्यस मध्ये विभागका कर्मचारीले प्रति कामदार ६० हजार रुपैयाका दरले रकम लिएको आरोप छ ।

नक्कली काजगातको आधारमा आकर्षक तलबको लोभ देखाउँदै कन्सल्टेन्सीले करीव एक सय कामदारलाई जम्मा गरेको थाह भएको छ ।

वैदेशिक रोजगार ऐन अनुसार कन्सलटेन्सी वा म्यानपावर कम्पनी कुनैले पनि व्यक्तिगत रुपमा कामदार पठाउन पाउँदैनन् ।