२ कार्तिक २०८३, सोमबार

प्यूठानमा स्वास्नीको कुटाइबाट लोग्नेको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

knifeप्यूठान, २० फागुन । प्यूठानमा मदिरा सेवन गरी पति र पत्नी झगडामा उत्रिँदा पतिको मृत्यु भएको छ ।

तोरवाङ–४ मा मदिरा सेवन गरी नियमितजसो झगडा गर्ने श्रीमान्श्री/मतीबीच झगडाले ठूलो रूप लिएपछि श्रीमतीको कुटाइमा श्रीमानको मृत्यु भएको हो ।

पैंतालीस वर्षीया श्रीमती मनकली पुनको कुटाइबाट उहाँका ६३ वर्षीय श्रीमान् नरबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नियमितजसो झगडा गर्ने दम्पतीको घरमै पुगेर यसभन्दा पहिला प्रहरीले झगडा मिलाउने गरेको भएपनि यसपटक श्रीमतीले श्रीमानलाई मरणासन्न हुने गरी कुटेपछि मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।

कुटपिटपछि श्रीमानको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र उपचार नपाएर उहाँको मृत्यु भएको स्थानीय जनताले बताएका छन् ।

मनकलीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख कार्कीले जानकारी दिनुभयो ।