महेन्द्रनगर, २० फागुन । फागुनको तेस्रो साता देखि कञ्चनपुरको कृष्णपुरमा हुने साँस्कृतिक महोत्सव बर्षाका कारण सरेको छ ।
कञ्चनपुरको कृष्णपुर-२ बंकमा रहेको उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापनाका लागि फागुन २३ गते देखि हुने भनिएको ‘बृहद साँस्कृतिक महोत्सव २०७१’ दुई दिन पछि हुने भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार संयोजक अर्जुन साउदले यही फागुन २५गते देखि चैत्र २ गते सम्म महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । आईतबार देखि अविरल रुपमा परेको बर्षाका कारण आवश्यक तयारी कम भएको भन्दै मुल आयोजक समितिका संयोजक गोबिन्द कलौनीले बताउनुभयो ।
महोत्सवको उद्घाटन शिक्षा क्षेत्रकै व्यक्तिबाट गराउने कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक साउदले जानकारी दिनु भयो । आर्थिक रुपमा कमजोर ग्रामिण क्षेत्रमा रहेको क्याम्पसमा अक्षयकोष स्थापना गरि यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा आर्जन गर्नमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको न्यू साधना फिल्म सिटीका संचालक एंवम मुल आयोजक समिती सदस्य सागर नेगीले बताउनुभयो ।
‘कृष्णपुर क्षेत्रमा अधिकाँस नागरिकहरु विपन्न छन्, आर्थिक अभाव हुँदा उनीहरु उच्च शिक्षा बाट बञ्चित हुन्छन्, त्यसैले हामीले त्यस्ता आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रबृति दिन महोत्सव आयोजना गरेका हौँ ।’, उनले भने । महोत्सव सफल पार्नका लागि कृष्णपुरका स्थानिय समाजसेवी गोबिन्द कलौनीको संयोजकत्वमा ४५ सदस्यि महोत्सव मुल आयोजक समिति समेत गठन गरिएको क्याम्पस प्रमुख गणेश चन्दले जानकारी दिनुभयो ।
विभिन्न पाँच उप-समितिहरु पनि गठन गरिएका छन् । सबै उप समितिहरुले आफ्नो क्षेत्रबाट हुने कामहरु अघि बढाईसकेको अर्थ समिती संयोजक लोकेन्द्र प्रसाद पन्तको भनाई छ । महोत्सवमा ६० स्टलहरु राखिने छन् । मंगलबार सम्म ३५ स्टल बुकिङ्ग भईसकेको आयोजकले जनाएको छ । पूर्वपश्चिम राजमार्ग गुलरिया,वाणि र कलुवापुर सम्म राजमार्गमा स्वागत गेट समेत स्थापना गरिने छन् ।
महोत्सवमा कृषि उत्पादन समाग्री, व्यवासयी समाग्री, अनौठा एव अकल्पनीय जिव र बस्तुको प्रर्दशनी, स्थानिय हस्तकलाको प्रर्दशनी गरिने छ । यस्तै महोत्सवमा सुदूरपश्चिमका लोक संस्कृति झल्किने खालका देउडा, नृत्य, हुडकेली नृत्य, राना–थारु समुदायको झाँकी प्रर्दशन गरिने छ ।
जसबाट सुदूरको लोक संस्कृतिको संरक्षण हुने आयोजकको अपेक्षा छ । महोत्सवमा विश्वकै सबै भन्दा ठुलो अष्ट्रिच मत्कारी समेत राखिनेछन् । मनोरन्जनका लागि बाल उद्यान समेत राखिने छन् । महोत्सवको तयारी तिव्र रुपमा भईरहेको महोत्सव स्टल समितिका संयोजक सिद्धराज जोशी बताउनुभयो ।
‘महोत्सव बाट यस क्षेत्रको शैक्षिक विकास हुन्छ ।’ महोत्सवको प्रचार प्रसार समेत तिव्र रुपमा भईरहेको प्रचार–प्रसार संयोजक साउँदको दावि छ । ‘महोत्सव हेर्नका लागि ग्रामिण क्षेत्रका नागरिक अब आफ्नो गाँउमै हेर्न पाउँदैछन्,त्यो खुशीको कुरा हो ।’, उनले भने । महोत्सवमा सो क्षेत्रका सम्पूर्ण विद्यालयहरुको समेत प्रस्तुत रहने छ ।
महोत्सवमा राष्ट्रिय कलाकार शिवहरी पौडेल, राजेश पायल राय, प्रमोद खरेल, निखिल उप्रेती, रेजिना उप्रेती, दिपीप रायमाझी, तिलकबम मल्ल, अर्जुन कौसल, टिका पुन, कला पंगेनी,सरिता कार्की, थारु नयिक अनु चौधरी, देउडा गायक नरेन्द्र राज रेग्मी, महेश औजी, तिर्थराज जोशी, तेजा ऐर लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्र्म प्रस्तुत गरिने सास्र्कतिक समितिका संयोजक केपी कलौनिले जानकारी दिनुभयो ।
महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत रु ३० र साधारण तर्फ रु ५० को दर निर्धारण गरेको छ । सात दिन सम्म संचालन हुने मेलामा एक लाख दर्शकहले मेला अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । फागुन २५ गते देखि संचालन हुने महोत्सव चैत्र २ गते सम्म संचालन हुने छ ।
















प्रतिक्रिया