काठमाडौं, २० फागुन । महाकाली–मेची राष्ट्रिय योग जागरण यात्रा जनकपुर पुगेको छ । योग अभ्यासबारे सन्देश फैलाउने उद्देश्यले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट सुरु भएको महाकाली–मेची राष्ट्रिय योग जागरण यात्रा आज जनकपुर पुगेको हो ।
पतञ्जली योग समिति नेपालको आयोजनामा कञ्चनपुरको महाकाली नदीबाट २ घडामा जल लिएर सुरु भएको महाकाली–मेची राष्ट्रिय योग जागरण यात्रा आज जनकपुर पुगेको हो ।
तराईका बिभिन्न जिल्ला हुँदै जनकपुर पुगेको यात्राले अहिलेसम्म झण्डै १ हजार भन्दा बढी स्थानमा योगसभाको आयोजना गरेको संयोजक लवराज भट्टले जानकारी दिनुभयो ।
फागुन १४ गते पतञ्जली योगपीठ हरिद्वारका महामन्त्री आयुर्वेद शिरोमणी बालकृष्ण आचार्य तथा सिँचाईमन्त्री नारायणप्रकाश साँउदले संयुक्त रुपमा उद्घाटन गर्नुभएको यात्रा पूर्व मेची पुगेर फर्केपछि फागुन ३० गते काठमाण्डौमा समापन गरिने छ । यात्रामा देशैभरिका २ सय ५० जनाको सहभागिता रहेको पतञ्जली योग समितिले जनाएको छ ।
















प्रतिक्रिया