२ कार्तिक २०८३, सोमबार

कर्णाली थुनिएको क्षेत्रमा लगातार हिमपात, पानीको वहाव अझै बढ्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karnali-bridge

काठमाडौँ, २० फागुन । कर्णाली नदी थुनिएको भनिएको हुम्लाको लिमिस्थित निङ खोला वरपर बुधबार पनि लगातार हिमपात भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कुँवरका अनुसार अहिले पनि नदी थुनिएको क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण कर्णाली नदी थुनिएको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकिरहेको उहाँले बताउनुभयो ।

“लगातार हिमपात भइरहेको छ, नदी थुनिएकोबारे यथार्थ कुरा पत्ता लगाउन सकिएको छैन,” हुम्लाका डिएसपी कुँवरले टेलिफोनमा भन्नुभयो ।

“हेलिकप्टर लिएर कर्णाली थुनिएको ठाउँमा अवलोकन गर्ने योजना बनाएका छौं, तर मौसममा सुधार नआएकाले जान सकिरहेका छैनौं,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले पनि हुम्ला सदरमुकाम सिमीकोटमा समेत हिमपात भइरहेको छ ।

“म एयरपोर्टमै छु, मौसम सुधारको पर्खाइमा छु” उहाँले भन्नुभयो । गत आठ दिनदेखि हुम्लामा लगातार बाक्लो हिमपात भइरहेको छ ।

हिउँ जमेकाले गत सोमबार रातिदेखि हुम्लाको उत्तरपश्चिममा रहेको लिमिमा कर्णाली नदी थुनिएको आशङ्का गरिएको हो । उक्त क्षेत्रका खोलानालामा पानीको बहाव समेत बढ्दै गइरहेको छ । उक्त ठाउँ हुम्ला सदरमुकाम सिमीकोटदेखि ३५ कोस उत्तरपश्चिममा पर्छ ।