२ कार्तिक २०८३, सोमबार

पत्रकार शाहीको निधनपछि परिवारको बिचल्ली, महासंघको सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

help

– बीरबहादुर गिरी
जाजरकोट २० फागुन । जाजरकोटका पत्रकार बीरबहादुर शाहीको निधनपछि परिवारको बिचल्ली भएको छ ।

शाहीको निधनले श्रीमती र उनका दुई नावालक छोराहरु बिचल्ली परेका छन । शाही परिवारलाई राहतको लागि नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपाल जाजरकोट शाखाले सबैमा अपिल गरेका छन् ।

पत्रकार शाहीको गत माघ १९ गते सामाचार संकलनको बेला बाटोमा हिँडदै गर्दा रुखको हाँगो खसेर मृत्यु भएको थियो । नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य शाही माउन्टेल टेलिभिजनका जाजरकोट सम्बाददाता थिए ।

उनको मृत्युपछि श्रीमती सरस्वती, ४ बर्षिय छोरा सविन र ९ महिनाका सञ्जिबको बिचल्ली भएको छ । ‘उहाँले छोडेर जानु भो यी नावालक छोराहरुको पालनपोषन र पठनपाठन म कसरी गरौंला,’ आँशु चुहाउदै सरस्वतीले भनिन्, ‘म एक्लै भए जे पनि गर्थे आज यी छोराहरुको लागि बाँच्नु परेको छ के गरेर छोराहरुलाई हुर्काउने हो ।’ उनले आँशुसंगै बेदना पोखिन ।

नेपाल पत्रकार महासंघ केन्द्रले १५ हजार र जिल्ला शाखा जाजरकोटले १५ हजार पत्रकार शाहीको परिवारलाई राहत स्वरुप सहयोग गरेका छन । उक्त रकम शाहीको पत्नी सरस्वतीलाई जाजरकोट शाखका अध्यक्ष जनक केसीले हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरणपछि अध्यक्ष केसीले शाही परिवारलाई सहयोग गरिदिन सबैसंग अपिल गरेको बताए । अब महासंघले थप सहयोग जुटाउन पहल गर्छ केसीले भने । यसैबीच प्रेस चौतारी नेपाल जाजरकोटले शाहीको परिवारलाई सहयोग जुटाउन बैंकमा खाता खोलेर सबैमा अनुरोध गर्ने निर्णय गरेको छ ।

नावालक छोराहरु सविन र सञ्जिबको लालनपालन र शिक्षा स्वास्थ्यको लागि बैंकमा खाता खोलेर सहयोग जुटाउने पहल थालेको अध्यक्ष दिनेश श्रेष्ठले बताए । नेपाल बैंकमा खाता खोल्ने प्रक्रिया अगाडी बढाइएको छ, सहयोग गर्न चाहने सबैलाई खाता नम्बर सार्बजनिक गरिने श्रेष्ठको भनाई छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ मध्यपश्चिम क्षेत्रीय समुन्वय समितिले शाहीको परिवारलाई ५० हजार सहयोग दिने निर्णय गरेको क्षेत्रिय संयोजक झलक गैरेले जानकारी दिएका छन ।