– शिशिर सिंखडा
चितवन, २० फागुन । अष्ट्रेलियामा अध्ययनरत पुर्वी चितवनको जुटपानी ७ सुर्यपुरका उज्वल पौडेललाई व्लड क्यान्सर भएकाले उपचारका लागी आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।
एक वर्ष अगाडी विद्यार्थी भिसामा अध्ययनका लागी अष्ट्रेलियाको ब्रिसवेन शहर पुगेका २० वर्षिय पौडेल अहिले व्रिसवेनको अस्पतालमा उपचाररत छन् । व्लड क्यान्सर भएका पौडेलको उपचार गर्न नेपाली १ करोड रुपैया भन्दा वढि लाग्ने अस्पतालले जनाएको उज्वलका बुवा डम्वर पौडेलले जानकारी दिनुभयो ।
वोन म्यारो प्रत्यारोपण वाहेक सामान्य उपचार त्यहाँको स्वास्थ्य विमा कम्पनीले गरिदिने भएपनि महंगो शुल्क भने आफैले वेहोर्नु पर्ने भएकाले समस्या परेको पौडेलले वताउनुभयो ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले त्यति ठुलो रकम जुटाउन समस्या भएको र छोराको जीवन रक्षाका लागी सहयोगको अपेक्षा गरिएको उज्वलकी आमा लिला पौडेलले सबैमा आग्रह गर्नुभयो ।
उज्वलको उपचारका लागी गैर आवासीय नेपाली संगठन अष्ट्रेलिया र क्वीन्सल्याण्ड शहरको नेपाली संगठनले पनि सहयोगका लागी सवैसंग अनुरोध गर्दै आर्थिक संकलन थालिएको जनाएको छ ।
रिंगटा लागी अस्पतालमा जचाउन पुगेका उज्वलको रगत परिक्षण गर्दा व्लड क्यान्सर भएको त्यहाँको अस्पतालले वताएको वुवा डम्वर पौडेलले वताउनुभयो । उज्वललाई सहयोग गर्न चाहनेले उनका बुबा डम्वर पौडेलको मोवाईल नम्वर ९८४५१३९५७८ मा सम्पर्क गर्न सक्नु हुने छ ।
















प्रतिक्रिया